गण्डकी प्रदेश अन्तर्गत पर्ने हिमाल पारिको जिल्ला मस्तङमा रहेको मुस्तांग जिल्ला अस्पताल बि स २०२९ सालमा प्राथमिक स्वास्थ्य केन्द्र को रुपमा स्थापना भै २०३१ सालमा जिल्ला अस्पताल र २०५३ सालमा १५ शैयाको अस्पतालको रुपमा मुस्तांग जिल्लाको सदरमुकाम जोमसोममा संचालित छ ।
मुस्तांग जिल्लाको २०६८ सालको जनगणना अनुसार ३,३५४ घरधुरी र १३,४५२ जनसंख्या रहेकोमा हाल राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ३,२६८ घरधुरी र १४,५९६ जनसंख्या रहेको मुस्तांग जिल्लाका पांच गाउपलिका र कागबेनी, मुक्तिनाथ तथा दामोदरकुण्ड जस्ता धार्मिक स्थल र धौलागिरि, निलगिरी एबम मार्फा, लोमानथांग जस्ता पर्यटकीय र ऐतिहासिक स्थलहरुको अवलोकन गर्न बर्षेनी आउने स्वदेशी तथा बिदेशी पर्यटकको सेवा प्रदान गर्न यस अस्पताल जिल्लाकै एकमात्र अस्पतालको रुपमा रहेको छ ।
हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश र स्वास्थ्य निर्देशनालय पोखरा अन्तर्गत रहने यस अस्पताल बि.सं. २०७७ सालदेखि २५ शैय्याको अस्पतालको रुपमा मान्यता प्राप्त भई संचालित अवस्थामा रहेको छ। अस्पतालबाट प्रदान गर्दै आएको सेवाहरुलाई प्रवाभकारी र सुबिधामुलक बनाउनको लागि सघ, प्रदेश, स्थानिय सरकार तथा बिभिन्न ब्यक्ति संघ संस्थाहरुको सहयोग र सहकार्यमा अधुनिक उपकरण, प्रबिधि, मेसिन तथा औजारको उपलब्धता बाट सेवा थप हुँदै जाँदा अस्पतालमा नागरिक र सेवाग्राहीहरुको चाप तथा बिश्वास बढेको छ ।
अस्पतालको भौतिक संरचना
अस्पतालको क्षेत्रफल : ११ रोपनी ७ आना
भवन :
- १ कार्यालय र अस्पताल भवन
- ४ आवश भवन (२9 कोठा)
- १ अक्सिजन प्लान्ट
- १ पोस्ट मोर्टेम घर
- १ निर्माणाधिन नयाँ अस्पताल भवन