हिमाल पारिको पर्यटकिय जिल्ला मुस्ताङमा अवस्थित मुस्ताङ जिल्ला अस्पताल जोमसोमको आधिकारिक Website यहि २०७९ असारबाट संचालनमा आएको सम्पूर्ण मुस्ताङवासी आम जनता, सेवाग्राही र सम्बन्धित सम्पूर्ण निकायहरुलाई सहर्ष जानकारी गराउदछु । यस सूचना र संचारको डिजिटल युगमा यस अस्पताललाई संलग्न गराउदै यहाँबाट दिइने सम्पूर्ण सेवाहरुको जानकारी र सुचना यसै बेव पोर्टल बाट उपलब्ध गराउन पाउँदा यस कार्यमा सहयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश लगायत सम्बन्धित निकाय तथा शुभचिन्तकहरुमा विशेष आभार प्रकट गर्दछु । यस २५ शैयाको अस्पतालले २०७८ पौष देखि विशेषज्ञ चिकित्सक सेवा सुरु गर्दै हाडजोर्नीको शल्यक्रिया सेवा र निकट भविष्यमा आकस्मिक प्रसुति शल्यक्रिया सेवा सुरु गर्ने जानकारी गराउँदछु । चौबिसै घण्टा अक्सिजन उत्पादन गर्ने Oxygen Plant, छुट्टै पोष्टमार्टम गृह तथा दुर्गमबाट उपचार र सुत्केरी गराउन आउने सुत्केरी महिलालाई छुट्टै आवास गृहको व्यवस्था गरिएको जानकारी गराउदछु । जिल्लावासीको मात्र नभई हजारौको संख्यामा घुम्न आउने पर्यटकहरुको सेवा गर्ने मुस्ताङ जिल्लाको एकमात्र अस्पताललाई सहयोग गर्ने सम्पूर्ण आम सेवाग्राही, अस्पताल व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, आमा समुह, उपभोक्ता समुह सम्पूर्णमा आभार प्रकट गर्दै आगामी दिनमा अस्पतालको सेवाहरुलाई थप प्रभावकारी र थप सेवाहरु विस्तार गर्दै आम मानिसको स्वास्थ्य सम्बन्धी नैसर्गिक अधिकारलाई उचित प्रत्याभूत गर्न अस्पताल दृढ रहेको र थप समर्थन र साथ सहयोगको अपेक्षा गर्दछौ ।
धन्यवाद ।
डा. विशाल तिवारी
मेडिकल सुपरिटेन्डेन्ट
NMC No 25585